सर्लाहीबाट दुई थान पेस्तोलसहित एक जना पक्राउ
nepalnews.com · Thu Oct 15 08:46:43 GMT 2026

सर्लाही। सर्लाहीबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका–१ का ४८ वर्षीय मेघराज भनिने बाबु थापा रहेका छन्।जिल्ला प्रहरी कार्यालय सप्तरी र सर्लाहीको संयुक्त टोलीले बिहीबार बिहान थापालाई पक्राउ गरेको हो।
उनको साथबाट दुई थान पेस्तोल, म्याग्जिन तीन थान र गोली १५ राउण्ड बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। हतियार राखेको सूचनाका आधारमा प्रहरीले उनको घर तलासी गरेको थियो। पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर हातहतियार तथा
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)