विराटनगर कारागारमा कैदीलाई भेट्न आएका महिलाबाट ४८० थान लागुऔषध बरामद
ratopati.com · Thu Oct 15 08:51:57 GMT 2026

विराटनगर । मोरङको विराटनगरस्थित कारागारमा भेटघाटका लागि आएका दुई महिलाबाट ४८० थान लागुऔषध बरामद भएको छ। बुधबार विराटनगर महानगरपालिका–८ हाटखोलास्थित कारागार कार्यालयको मुख्य प्रवेशद्वारमा नियमित जाँच गर्ने क्रममा उनीहरूबाट लागुऔषध बरामद भएको हो।
जिल्ला सुनसरीको धरान उपमहानगरपालिका–११ बस्ने मेलिना तामाङ र पूर्णिमा तामाङले भित्री वस्त्रमा प्रयोग हुने प्याडभित्र लुकाएर ल्याएको अवस्थामा हरियो रङका २४० थान र सुन्तला रङका २४० थान ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)