मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दुई हप्ता नपुग्दै क्यानको बोर्ड सदस्यबाट हटाइन् गुन्जन शाह ठकुरी

setopati.com · Thu Oct 15 09:11:19 GMT 2026

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई हप्ता नपुग्दै गुन्जन शाह ठकुरीलाई उक्त पदबाट फिर्ता बोलाएको छ।

राखेपले असोज १८ गते गुन्जनलाई क्यानको सदस्यमा मनोनीत गरेको जानकारी सार्वजनिक गरेको थियो। तर, राखेपको असोज २८ गतेको सदस्य सचिवस्तरीय निर्णयअनुसार उनलाई उक्त पदबाट फिर्ता गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)