अपूर्ण तयारीमै नेपाल टी–२० लिग
ekantipur.com · Fri Dec 23 01:08:05 GMT 2022
काठमाडौँ — कमजोर तयारीका कारण नेपाल टी–२० लिगको आयोजना पुनः एक दिन पछाडि धकेलिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाउँदै पटक–पटक सारिएको नेपाल टी–२० लिग शुक्रबारदेखि सुरु हुने भनिएको थियो ।
तर अपूर्ण तयारीका कारण प्रतियोगिता एक दिन पछाडि धकेलिएर शनिबार सुरु हुने क्यानले जनाएको छ । यसअघि सेप्टेम्बर २४ देखि अक्टोबर २२ सम्म डबल राउन्डमा हुने भनिएको लिग डिसेम्बर १० देखि हुने गरी सारिएको थियो । त्यसपछि पुनः डिसेम्बर २३ देखि सुरु हुने भनिएको प्रतियोगिता बिहीबार एक दिन पछाडि सारिएको छ । यो चौथो पटक सरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)