मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स

kalakarmi.com · Thu Oct 15 09:33:27 GMT 2026

काठमाडौं- चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा मात्रै नेपालमा २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम साउन महिनामा भित्रिएको रेमिट्यान्सभन्दा करिब ६ अर्ब रुपैयाँ बढी हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह २३.९ प्रतिशतले वृद्धि भई ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा हिसाब गर्दा भदौसम्मको रेमिट्यान्स आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड डलर पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २७.६ प्रतिशतले बढेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)