४४२ सरकारी निकायको अनुगमन, ६ हजार कर्मचारीमाथि कारबाही गर्न सतर्कताको सिफारिस
lokaantar.com

राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा ४४२ वटा सरकारी निकायको अनुगमन गरेको छ भने अनुशासन उल्लंघन गर्ने ६ हजार ३८५ जना कर्मचारीमाथि कारबाही गर्न सम्बन्धित निकायलाई लेखी पठाएको छ ।
सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, निर्णय प्रक्रियामा अनावश्यक विलम्ब र कर्मचारीको अनुशासनहीनतामाथि निगरानी बढाएको केन्द्रले विकास निर्माणका आयोजनाको प्राविधिक परीक्षणदेखि बजार अनुगमन गर्ने नियमनकारी निकायको कामकारबाहीसम्म निगरानी गर्न थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)