भारत चौथो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण
nepalnews.com · Thu Oct 15 09:41:52 GMT 2026

बैंकक। अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को प्रक्षेपणअनुसार भारत सन् २०२७ मा जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने भएको छ। भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४५ खर्ब २० अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ भने जापान छैटौं स्थानमा झर्ने अपेक्षा छ।
नाम मात्रको जीडीपीका आधारमा जापान यस वर्ष विश्वको चौथो ठूलो अर्थतन्त्र बन्नेछ। तर, सन् २०२७ मा भारत र बेलायतले जापानलाई पछाडि पार्ने आइएमएफको प्रक्षेपण छ। विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका हो भने चीन दोस्रो र जर्मनी तेस्रो स्थानमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)