क्यान सदस्यमा नियुक्त भएको ९ दिनमै गुन्जन शाह फिर्ता
ratopati.com · Thu Oct 15 09:50:45 GMT 2026
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड सदस्यमा मनोनीत गुन्जन शाह ठकुरी नियुक्त भएको नौ दिनमै फिर्ता भएकी छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनलाई प्राविधिक कारण देखाउँदै पदबाट फिर्ता बोलाएको हो ।
राखेपका सदस्य सचिव रामचरित्र मेहताले गुन्जनलाई मात्रै नभई अन्य खेल सङ्घमा मनोनीत पदाधिकारीलाई समेत प्राविधिक कारणले फिर्ता बोलाइएको रातोपाटीलाई बताए । उनले गुन्जनको नियुक्ति फिर्ता गर्नुको थप कारण भने खुलाएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)