प्रहरीलाई मुख्यमन्त्री यादवले भने–नागरिकको भरोसा टुट्न नदिनुस्
ratopati.com · Tue Oct 17 22:12:00 GMT 2023
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नागरिकको भरोसा टुट्न नदिन प्रहरीलाई आग्रह गरेका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधाममा मंगलबार आयोजित ६८औँ प्रहरी दिवसको अवसरमा मुख्यमन्त्री यादवले नागरिकको पहिलो भरोसा प्रहरी भएको भन्दै सो टुट्न नदिन आग्रह गरेका हुन् । न्याय र निष्पक्षता नै प्रहरीको मूल मंत्र हुनुपर्ने उनले बताए । देश बनाउने जिम्मा राजनीतिज्ञहरुको मात्र नभएर प्रहरीको पनि रहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)