के हो बुबोनिक प्लेग ?
shilapatra.com · Sat Sep 24 00:32:00 GMT 2022
ब्ल्याक डेथको नामले समेत चिनिने बुबोनिक प्लेग एक संक्रामक र घातक बिमार हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, मुसाको एक प्रजातिबाट मानिसमा सर्ने यो बिमार ब्याक्टेरिया यर्सिनिया पेस्टिकका कारण फैलिन्छ । यो जीवाणु आम रूपमा साना स्तनधारी र तिनका जिउमा हुने जुम्रा, उपियाँमार्फत मानिसमा सर्ने गर्छ ।
बुबोनिक प्लेगमा बिमारको लक्षण एक सातासम्म देखिन्छ । यो बिमार सामान्यतः जुम्रा, उपियाँ, किर्नाले टोकेपछि फैलिन्छ । खोक्दा मानिसबाट मानिसमा सर्ने यो बिमारको लक्षणअनुसार उपचार गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)