'इम्युनोस्प्रेसेन्ट औषधिको सहज आपूर्ति जारी रहने, नयाँ उत्पादन र आयातमा मात्र रोक'
ratopati.com · Thu Oct 15 10:08:33 GMT 2026

काठमाडौँ। औषधि व्यवस्था विभागले 'इम्युनोस्प्रेसेन्ट' वर्गका औषधिको बिक्री-वितरणमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ। हालै जारी गरिएको सूचनालाई लिएर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रम र अन्योल सिर्जना भएपछि विभागले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विश्व स्वास्थ्य सङ्गठनको अन्तर्राष्ट्रिय मापदण्ड र एक औषधिको असर अर्को औषधिमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले वैज्ञानिक जोखिम मूल्याङ्कनका आधारमा नियमनका कदमहरू चालिएको विभागले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)