बैतडीमा दोस्रोपल्ट हिमपात
thahakhabar.com
बैतडी : बैतडीका राजमार्गमा हिमपात भएको छ। दशरथचन्द र जयपृथ्वी राजमार्गमा बिहीवार दिउँसो हिमपात भएको बैतडीका प्रहरी प्रवक्ता रहेका प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए।
राजमार्गका खोडपे, अनारखोली, हरिचन, दुदिलाखान, ढोल्यामोड, बित्थडलगायतका स्थानमा हिमपात भएको हो। हिमपातका कारण केहीबेर राजमार्ग अवरुद्ध भए पनि पछि सञ्चालनमा आइसकेको ट्राफिक प्रहरी पोष्ट खोडपेका प्रहरी जवान शेरसिंह विष्टले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)