विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने
nepallive.com · Thu Oct 15 10:18:51 GMT 2026

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति बढेर ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८३ भदौ मसान्तसम्मको उक्त सञ्चितिले २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ।
गत असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको सञ्चिति दुई महिनामा ४.३ प्रतिशतले बढेको हो। अमेरिकी डलरमा सञ्चिति ४.६ प्रतिशतले वृद्धि भई २६ अर्ब ४८ करोड पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)