मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकार ढल्ने प्रचण्डको हल्लाले फेरि फेल खायो

barnanmedia.com · Wed Apr 16 22:24:13 GMT 2025

कहिले एमाले त कहिले कांग्रेसको बुँइ चढेर डेढ वर्ष प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड सत्ताविहीन बनेपछि अहिले जागरण अभियानका नाममा बिहानबिहानै तराईमा मर्निङवाक गरिरहेका छन्।

बेलाबेला उनी राजनीतिक खिचेडी के भइरहेको छ भनेर नियाल्न काठमाडौं आउछन्। फेरि तराई, मधेशका जिल्ला धाइरहेका छन्। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई काखी च्यापेर उपाध्यक्ष बनाएपछि अहिले महासचिव देव गुरुङ तथा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा विच्किसकेका छन्। प्रचण्ड बुधबार पासाङ, पूर्व सभामुखसमेत रहेका अर्का उपाध्यक्ष अग्नि सापकोटा, पूर्व डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल (बलदेव), महेश्वर गहतराज सहितका नेतालाई लिएर मर्निङवाकमा निस्कदा कार्यकारी भूमिकामा रहेका पदाधिकारी देखिएनन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)