भेरी अस्पतालमा सञ्चालन गरियो लिक्विड अक्सिजन प्लान्ट
shilapatra.com · Fri May 21 17:22:59 GMT 2021
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । भेरी अस्पताल विकास समितिका सदस्य धनराम ओलीले शुक्रबार साँझदेखि प्लान्ट सञ्चालनमा आएको जानकारी दिए ।
कोरोना भाइरस संक्रमितको उपचारका लागि आवश्यक अक्सिजन अभावले समस्या झेलिरहेको भेरी अस्पतालमा प्लान्ट सञ्चालमा ल्याएसँगै उपचारमा सहज हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)