विभागले गर्यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र ‘अति उत्तम’
khabarhub.com · Thu Oct 15 10:40:50 GMT 2026

काठमाडौं – राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना खुवाउने र अत्यधिक मूल्य असुल्ने गरिएको जनगुनासो बढेपछि गरिएको संयुक्त अनुगमनका क्रममा चितवन र मुग्लिन क्षेत्रका १७ वटा होटेल तथा रेस्टुरेन्टहरूको स्तरीकरण गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको संयुक्त टोलीले रामनगर, जुगेडी, दासढुङ्गा र मुग्लिन क्षेत्रका होटेलहरूमा स्थलगत निरीक्षण गरी स्वच्छता र गुणस्तरको आधारमा प्रतीक चिह्न (लोगो) र स्टिकर वितरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)