आजको मौसम : पहाडी भूभागमा बदली, तराईमा बाक्लो हुस्सु
lokaantar.com · Wed Jan 04 00:54:10 GMT 2023
आज पनि देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले देशभरका पहाडी भूभागमा आंशिक बदली रहने र तराईका जिल्लामा बाक्लो हुस्सु कुहिरो लागेर जनजीवन चिसोले प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज बुधबार गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै, आज राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही अन्य ठाउँमा मौसम सफा रहने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)