मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नयाँ नक्सापछि सीमा मामिलामा ‘आइसब्रेक’

ekantipur.com · Sun Apr 03 00:44:43 GMT 2022

काठमाडौँ — लिपुलेक भारतले आफ्नो नक्सामा पारेपछि नेपालले बारम्बार कूटनीतिक नोट पठाउँदा पनि वार्ताका लागि तयार नभएको भारत पहिलोपटक सकारात्मक भारतले साढे दुई वर्षअघि लिपुलेकसम्मको नेपाली भूमि आफ्नोपट्टि पारेर नयाँ नक्सा जारी गरेपछि अघि बढ्न नसकेको सीमा मामिलाले पहिलोपटक उच्च राजनीतिक तहमा प्रवेश पाएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी नरेन्द्र मोदीसँग यो विषय उठाएका हुन् । यस विषयमा भारतीय विदेश मन्त्रालयले समेत सकारात्मक प्रतिक्रिया दिएको छ ।

‘हामी (देउवा र मोदी) ले सीमा समस्याबारे छलफल गर्‍यौं । मैले मोदीजीलाई यो विषय स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गरौं भनेको छु,’ दुई देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीचको संवादपछि संयुक्त पत्रकार सम्मेलनमा देउवाले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)