पोखरा विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली जडान प्रक्रिया अघि बढ्यो
khabarhub.com · Thu Oct 15 11:09:59 GMT 2026

काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, अन्य विमानस्थलमा मोड्नुपर्ने अवस्था तथा उडान रद्द हुने समस्या न्यूनीकरण गर्न आवश्यक पर्ने आधुनिक हवाई मार्गनिर्देशन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनुमति आवश्यक पर्ने विशेष कार्यसम्पादनमा आधारित हवाई मार्गनिर्देशन तथा अवतरण प्रक्रिया (आरएनपी–एआर) लागू गर्न आवश्यक प्राविधिक अध्ययन अघि बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)