मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दुई महिनामा झण्डै साढे ४ खर्ब भित्रियो रेमिट्यान्स

khabarhub.com · Thu Oct 15 11:16:14 GMT 2026

काठमाडौँ – चालु आर्थिक वर्षको दुई महिनामा नेपालमा झण्डै ४ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको स्थिति प्रतिवेदनले चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भई ४३६ अर्ब ३६ करोड पुगेको देखाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । २०८३ भदौ महिनामा विप्रेषण आप्रवाह २२१ अर्ब ३१ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १७४ अर्ब ६७ करोड रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)