मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

परराष्ट्रमन्त्री खनालसँग सुडानी राजदूत एल्टोमको भेटवार्ता

nepalnews.com · Thu Oct 15 11:26:29 GMT 2026

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत मोहम्मद अब्दल्ला अली एल्टोमले शिष्टाचार भेटवार्ता गरेका छन्।

मन्त्रालयमा भएको भेटमा उनीहरुबीच आपसी हित र चासोका विविध विषयमा विचार आदानप्रदान भएको मन्त्रालय जनाएको छ। सो अवसरमा नेपाल र सुडानबीचको सम्बन्ध तथा पारस्परिक हितका क्षेत्रमा सहकार्यका सम्भावनाबारेमा समेत छलफल भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)