हवाई यातायात सेवालाई थप प्रभावकारी बनाउन मन्त्री पौडेलको निर्देशन
gorkhapatraonline.com · Thu Oct 15 11:19:53 GMT 2026

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष खडकराज पौडेल (गनेश) को नेतृत्वमा नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित पदाधिकारीको सहभागितामा असोज २१ गतेदेखि २६ गतेसम्म नेपालगञ्ज, दाङ, सुर्खेत, रारा तथा जुम्ला विमानस्थलको निरीक्षण तथा अवलोकन भ्रमण सम्पन्न भएको छ।
उक्त भ्रमणका क्रममा हवाई यातायात सेवालाई थप सुलभ, सहज र प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन तथा क्षेत्रीय विकासमा योगदान पुर्याउने उद्देश्यले दाङको टरिगाउँ विमानस्थलको विकास तथा विस्तार सम्बन्धी सम्भावनाको अध्ययन गर्न मन्त्री पौडेलले निर्देशन दिनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)