पदयात्रा मार्गको चिन्ता
abhiyandaily.com
विकासका नीतिहरू बनाउँदा पर्याप्त ध्यान नपुगेकाले नेपालले पर्वतीय पर्यटनको महत्त्वपूर्ण हिस्सा गुमाउने सम्भावना बढ्दो छ । पर्वतीय पदयात्राका लागि नेपाल आउने पर्यटकहरू अहिले नेपालजस्तै भूभाग भएका भारतीय क्षेत्रमा आकर्षित हुन थालेका छन् । बेलैमा ध्यान नपुग्दा र्याफ्टिङको अन्तरराष्ट्रिय बजार गुम्यो । अहिले आन्तरिक पर्यटकको भरमा चलेको छ । त्यस्तै अवस्था पदयात्रामा पनि नआउला भन्न सकिन्न ।
अहिले स्थानीयका लागि पदयात्रा मार्गमै सडक बन्न थालेको छ । पदयात्रामा गएका विदेशी पर्यटकहरू प्रकृतिको जुन सान्निध्यका लागि नेपाल आउँथे, यही कारण अहिले त्यो हराउँदै छ । मोटरको धुवाँ र हर्नले पदयात्राको ऐकान्तिकता र सुन्दरता खोसेको छ । सडकले गाउँ कुरूप बनेका छन् । विकासको कुरूप मोडेलले गर्दा उनीहरू पदयात्रामा दोहोरिएर आउन अनिच्छुक देखिन थालेका छन् । पहाड खोस्रेर बनेको सडकले डाँडा उजाड देखिन्छ । अनि, खल्लो अनुभूति दिलाउँछ पर्यटकलाई ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)