कस्ता व्यक्तिलाई हृदयघातको खतरा हुन्छ? (भिडिओ)
setopati.com · Sat Sep 02 00:25:00 GMT 2023
कतिपय बिरामीलाई हृदयघात भएको थाहा हुँदैन। हृदयघात भएपछि नाइटोभन्दा माथिको भाग दुख्ने, घाँटीतिर दुख्ने, शरीरको बाँया भागमा दुख्ने, हाततिर दुख्ने हुन्छ। कसैले यो दुखाइलाई ग्याष्ट्रिकको रूपमा लिने गर्छन्। मान्छेहरूले हेलचक्र्याइँ गर्दै जाँदा अप्ठ्यारो पर्छ।
हृदयघात भएको बेला छातीको देब्रे-दाहिनेतिर दुख्ने, हाततिर दुख्ने, घाँटीतिर दुख्ने, दुखाइ सरेर पछाडि जाने, नाइटोभन्दा माथि दुख्ने हुन्छ। दुखाइ सँगै पसिना आउने,आँखा अगाडि कालो देखिने हुन्छ। वाकवाकी लाग्ने हुन्छ। तर एउटा मात्रै ठाउँमा दुख्ने, दुखाइ नसर्ने, पसिना नआउने भएको छ भने त्यो हृदयघात होइन। मधुमेह भएका बिरामीलाई भने छाती दुख्छ भन्ने हुँदैन।छातीको कुन भागमा दुखेको हो अनि भारी भएको थाहा पाउन गाह्रो हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)