मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

२ महिनामा भित्रियो ४ खर्ब रेमिट्यान्स

kathmandupati.com · Thu Oct 15 11:41:51 GMT 2026

काठमाण्डु – चालु आवको भदौ महिनामा २ खर्ब २१ अर्ब ३१ करोड विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को दुई महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा अघिल्लो आवको भदौ महिनामा विप्रेषण आप्रवाह १ खर्ब ७४ अर्ब ६७ करोड रहेको उल्लेख छ ।

चालु आवको दुई महिना (साउन र भदौ)मा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भएको छ । दुई महिनामा ४ खर्ब ३६ अर्ब ३६ करोड विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले बढेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)