भोटेकोशी–त्रिशूली बाढी : २० अर्ब ९० करोड रुपैयाँ बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
arthasansar.com · Thu Oct 15 11:25:33 GMT 2026

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा २० अर्ब ९० करोड रुपैयाँ भन्दा बढीको बीमा दाबी परेको छ । बीमा प्राधिकरणमा प्राप्त विवरण अनुसार २०८३ असोज २८ गतेसम्म १८ वटा बीमा कम्पनीमा कुल दुई हजार ४२७ बीमितबाट प्रारम्भिक दाबी परेको हो ।
प्राधिकरणको विवरण अनुसार बाढीबाट भएको क्षतिबापत अनुमानित बीमा दाबी रकम २० अर्ब ९० करोड रुपैयाँ रहेको छ । त्यसमध्ये हालसम्म २३ करोड ५२ लाख ५८ हजार रुपैयाँ भुक्तानी भएको छ । यो कुल अनुमानित दाबी रकमको तुलनामा निकै कम हो । बीमा कम्पनीमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्समा सबैभन्दा बढी दाबी परेको छ । उक्त कम्पनीमा १६१ बीमितबाट ६६ करोड ११ लाख ९५ हजार रुपैयाँको अनुमानित दाबी परेको विवरणमा उल्लेख छ । त्यसैगरी सानिमा जीआईसी इन्स्योरेन्समा १९२ बीमितको ३४ करोड ३२ लाख ४५ हजार रुपैयाँ र शिखर इन्स्योरेन्समा ४५९ बीमितको २६ करोड ५५ लाख ८६ हजार रुपैयाँको दाबी परेको छ ।सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २२९ बीमितको १७ करोड ५८ लाख १४ हजार रुपैयाँ तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २६६ बीमितको १२ करोड ५३ लाख ८९ हजार रुपैयाँको प्रारम्भिक दाबी परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)