मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

किसानबाट ५ रुपैयाँमा लिएर ५० मा बिक्री

ekantipur.com · Tue Feb 07 00:39:28 GMT 2023

काठमाडौँ — काठमाडौंदेखि चितवनसम्मको दूरी झन्डै डेढ सय किलोमिटर छ । करिब ५ घण्टाभित्र ढुवानी हुने तरकारीको उपभोक्ता मूल्य भने १० गुणासम्म बढी पर्ने गरेको छ । तरकारी बारीदेखि नै बिचौलियाको रजगज हुँदा किसानले मूल्य पाएका छैनन्, अर्कातर्फ उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन् ।

चितवनको ढुंगाना एग्रिकल्चर प्रोडक्ट प्रालिका सञ्चालक समर्थन ढुंगानाका अनुसार बन्दा प्रतिकिलो ५ रुपैयाँमा बिक्री भइरहेको छ । तर, उपत्यकामा उपभोक्ता मूल्य प्रतिकिलो ५० रुपैयाँसम्म पर्छ । किसानको बारीमा गोलभेंडा प्रतिकिलो १३ देखि १५ रुपैयाँमा बिक्री भइरहेको छ, त्यही गोलभेंडा काठमाडौंमा आइपुग्दा प्रतिकिलो ६० रुपैयाँसम्म पर्छ । त्यस्तै, किसानले प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म बेच्ने काउलीको उपभोक्ता मूल्य भने ६० रुपैयाँसम्म पर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)