मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सुनचाँदी तथा गहना व्यवसायलाई डिजिटल बनाउने लक्ष्यसहित ‘जेजे लाइट’ सार्वजनिक

kendrabindu.com · Thu Oct 15 11:50:46 GMT 2026

काठमाडौं । नेपालमा सुनचाँदी तथा गहना व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यसहित मात्रिका टेक्नोलोजीले ‘जेजे लाइट’ सार्वजनिक गरेको छ । गहना व्यवसायको कारोबार, लेखा व्यवस्थापन, कालिगढको हिसाब तथा ग्राहक सेवासम्बन्धी कामलाई एउटै प्रणालीबाट व्यवस्थित गर्ने लक्ष्यसहित कम्पनीले नयाँ सफ्टवेयर सार्वजनिक गरेको हो ।

जेजे लाइट सुनचाँदी तथा गहना व्यवसायको वास्तविक कार्यशैली र आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको कम्पनीले जनाएको छ । कम्पनीले विगत आठ वर्षदेखि ‘जे–ज्वेलरी सफ्टवेयर’मार्फत गहना व्यवसायलाई सेवा प्रदान गर्दै आएको अनुभवका आधारमा नयाँ प्रणाली विकास गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)