मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रदेश नं १ मा ५४ जनामा कोरोना सङ्क्रमण

lokaantar.com · Fri Nov 05 00:22:39 GMT 2021

गएको २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ५४ जनामा कोरोना सङ्क्रमण भएको छ । सो सङ्क्रमण २३० जनाको पीसीआर परीक्षण गर्दा ५३ र ३९ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा १०, इलाममा एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो ।

पालिका अनुसार झापाको दमकमा छ, विर्तामोडमा पाँच, भद्रपुर, कनकाई, शिवसताक्षी र बुद्धशान्तिमा दुई, गौरादह, अर्जुनधारा, बाह्रदशी र कमल र झापा गाउँपालिकामा एक÷एक, मोरङको विराटनगरमा १२, उर्लाबारीमा दुई, बूढीगङ्गा र सुन्दरहरैचामा एक÷एक, सुनसरीको इटहरीमा पाँच, इनरुवामा तीन, रामधुनी र धरानमा एक÷एक, इलामको चुलाचुलीमा एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)