ओलीको प्रतिबन्धले पनि रोक्न सकेन विद्यालाई,विधान महाधिवेशनमा जानेछ विद्याको मत
barnanmedia.com · Thu Sep 04 21:25:52 GMT 2025

एमालेले गत साउनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदाका लागि पार्टीको राजनीतिमा आउने बाटो बन्द गरिदियो। केन्द्रीय समितिको बैठकले सदस्यता नवीकरण नगर्ने निर्णय मात्र गरेन एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘देशको अभिभावकले कुनै पनि दल विशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुँदैन र मिल्दैन’ भनेर निर्णय गरिदियो।
भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टी राजनीतिमा सक्रिय हुने विषयले एमालेको गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा भनिएको थियो, ‘यसले जनतामा, प्रणालीमा, व्यवस्थामा र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर गरेको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)