राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न निर्देशन, मापदण्ड नमान्नेलाई कारबाही हुने
kendrabindu.com · Thu Oct 15 12:29:58 GMT 2026

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै राजमार्गका होटल तथा रेस्टुरेन्टलाई खाद्य स्वच्छता कायम राख्न निर्देशन दिएको छ । विभागले मापदण्ड उल्लङ्घन गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो ।
विभागले बिहीबार जरुरी सूचना जारी गर्दै राजमार्गमा यात्रुलाई खाना तथा खाजा उपलब्ध गराउने होटल, रेस्टुरेन्ट, मिठाई पसल, चमेना गृह, क्याटरिङ तथा भोजनालयलाई तोकिएका खाद्य स्वच्छतासम्बन्धी मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)