नेपाल–मलेसिया श्रमिक भर्ना विवादमा चार व्यवसायी पक्राउ
tourismface.com · Thu Oct 15 12:33:32 GMT 2026

काठमाडौं । नेपाल–मलेसिया श्रमिक भर्ना प्रक्रियालाई लिएर विवाद चर्किँदै जाँदा प्रहरीले स्वास्थ्य तथा वैदेशिक रोजगार क्षेत्रका चार व्यवसायीलाई पक्राउ गरेको छ। मलेसियाले तोकेका २५ वटा म्यानपावर कम्पनीमार्फत मात्रै नेपाली श्रमिक भर्ना गर्ने विषयले विवाद बढिरहेका बेला केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित रविन्द्र केसी, प्रविण तिवारी र रामपुकार तिवारी रहेका छन्। सिआइबीले बुधबार साँझ काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। सिआइबीका एसएसपी अनुपमशमशेर जबराले चार व्यवसायी पक्राउ परेको पुष्टि गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)