मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हटाइँदै ‘डिजिटल होर्डिङ बोर्ड’

gorkhapatraonline.com · Fri Sep 02 00:41:40 GMT 2022

काठमाडौँ, भदौ १७ गते । काठमाडौँ महानगरपालिकाले सहरका मुख्य ठाउँमा अव्यवस्थित रूपमा राखिएका डिजिटल होर्डिङ बोर्डबाट विज्ञापन प्रसारण बन्द गराउन थालेको छ । वस्तु तथा सेवाको प्रचार गर्ने नाममा सहरका संवेदनशील स्थानमा समेत आफूखुसी डिजिटल होर्डिङ बोर्ड राख्न थालेपछि महानगरले यस्तो अभियान थालेको हो । महानगरपालिकाले बिहीबार त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टर तथा कोटेश्वर चोकमा राखिएका बोर्ड बन्द गराएको छ । अन्य ठाउँमा राखिएका बोर्ड पनि बन्द गराइने र यसका लागि आवश्यक अध्ययन भइरहेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले भन्नुभयो, “त्रिपुरेश्वरमा राखिएको बोर्डले भवनको झ्याल छोपिएको तथा उक्त बोर्डले सडकमा फालेको प्रकाशको मात्रासमेत अत्यधिक भएकाले हटाइएको हो ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)