मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्वास्थ्यमा चालु वर्षभन्दा ५३ अर्ब ३९ करोड कम बजेट, के भन्छन् सरोकारवाला ?  

baahrakhari.com · Tue May 31 00:49:00 GMT 2022

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दश शर्माले आइतबार सार्वजनिक गरेको बजेटमा स्वास्थ्य क्षेत्रका लागि एक खर्ब ३ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरिएको छ । जसमा संघतर्फ ६९ अर्ब ३८ करोड, प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

स्वास्थ्य क्षेत्रले यो वर्ष पाएको बजेट चालु आर्थिक वर्षकोभन्दा ५३ अर्ब ३९ करोडले कम हो । चालु आर्थिक वर्षमा स्वास्थ्यले संघमा मात्र १ खर्ब १ अर्ब तथा प्रदेश र स्थानीय तह गरी १ खर्ब ३५ अर्ब रुपैयाँ बजेट पाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)