विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकता : मन्त्री पुन
ratopati.com · Thu Oct 15 13:13:57 GMT 2026

म्याग्दी। विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले बिहीबार मनसुनजन्य विपद्बाट पुगेको क्षतिको निरिक्षणका लागि म्याग्दीमा पुगेका छन्। यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण प्रभावित बनेको म्याग्दीको स्थलगत निरीक्षणका लागि यहाँ आएका हुन्।
गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा पुन विजयी भएका थिए। बाढीपहिरोले पुर्याएको क्षतिको स्थलगत निरीक्षण, प्रभावितसँग भेटघाट र सरोकार भएका निकायका प्रतिनिधिसँग छलफलका लागि उहाँ म्याग्दी पुग्नुभएको उहाँको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)