निहारिकाको मागमा राष्ट्रपतिको चासो : फैसला गर्ने न्यायाधीशमाथि पनि छानबिन सुरु
nayapatrikadaily.com · Sun Aug 14 00:27:00 GMT 2022
न्यायका लागि संघर्षरत निहारिका राजपुतको मागमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो देखाएकी छिन् । शनिबार कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई बोलाएर राष्ट्रपतिले चासो व्यक्त गरेकी हुन् । माग सम्बोधन नभएको भन्दै राजपुतले शुक्रबार शीतलनिवासअगाडि आत्मदाहको प्रयास गरेकी थिइन् ।
राजपूत के–कति कारणले अनशन बस्न बाध्य भएकी हुन् भन्नेबारे राष्ट्रपतिले चासो राखेको कानुनमन्त्री बन्दीले बताए । ‘निहारिकाको मुद्दा के हो, किन अनशन बसिरहेकी छिन्, के कारणले आत्मदाहको प्रयास गरिन् ? यस्तै जिज्ञासा राख्नुभयो, हामीले ब्रिफ गर्यौँ,’ कानुनमन्त्री बन्दीले नयाँ पत्रिकासँग भने ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)