सवारी दुर्घटनामा एकको मृत्यु, पन्ध्रजना घाइते
gorkhapatraonline.com · Thu Oct 15 13:24:27 GMT 2026

उदयपुरको त्रियुगा नपा वडा –७ कालीखोला सुर्केस्थित मदन भण्डारी लोकमार्गमा काठमाडौंबाट धरानतर्फ आउँदैगरेको बाप्र ०१–००६ ख ८५२२ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना भएको छ। सडकमा पल्टिएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार जिल्ला उदयपुर चौदण्डीगढी नपा वडा नं २ बसाहा बस्ने वर्ष १८ कि सोनु बसेल गम्भीर घाइते भइ उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याएकोमा उपचारको क्रममा उहाँको मृत्यु भएको चिकित्सकले घोषणा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)