प्रमुख जिल्ला अधिकारी पौडेलद्वारा निर्वाचन सुरक्षामा ध्यान दिन निर्देशन
ratopati.com · Thu Sep 04 22:39:00 GMT 2025

मनाङ । मनाङ प्रमुख जिल्ला अधिकारी (सिडिओ) नवराज पौडेलले आसन्न निर्वाचनको सुरक्षा तयारी एवं शान्ति सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएका छन् । उनले मातहतका कार्यालय निरीक्षणका क्रममा त्यस्तो निर्देशन दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय र चामेस्थित सशस्त्र प्रहरी बल नेपाल नं ३२ गुल्म हेडक्वार्टर निरीक्षणका क्रममा पौडेलले आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै निकाय दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)