मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा रुकुमपश्चिमको सभापतिमा खड्का निर्वाचित

gorkhapatraonline.com · Tue Jun 09 04:32:11 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुमपश्चिमको सभापतिमा द्रोण खड्का निर्वाचित हुनुभएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रतिस्पर्धी पुस्तक चन्दलाई १२ मतले पराजित गर्दै उहाँ जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो ।

आइतबार र सोमबार रास्वपा रुकुमपश्चिमको प्रथम जिल्ला अधिवेशन मुसीकोटमा भएको थियो । सहमतिमा कार्यसमिति चयन हुन नसकेपछि मतदानमार्फत जिल्ला नेतृत्व चयन भएको हो । सभापितमा खड्काले ४२ मतसहित निर्वाचित हुनुभयो भने चन्दले ३० मत प्राप्त गर्नुभएको छ । कुल ११३ जना मतदाता रहेकामा ७३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)