रास्वपा रुकुमपश्चिमको सभापतिमा खड्का निर्वाचित
gorkhapatraonline.com · Tue Jun 09 04:32:11 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुमपश्चिमको सभापतिमा द्रोण खड्का निर्वाचित हुनुभएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रतिस्पर्धी पुस्तक चन्दलाई १२ मतले पराजित गर्दै उहाँ जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो ।