फेरि मैदानमै ढले एरिक्सन
annapurnapost.com · Tue Jun 09 04:30:23 GMT 2026

एजेन्सी, डेनमार्क : डेनमार्कका अनुभवी मिडफिल्डर क्रिस्चियन एरिक्सन फेरि मैदानमै ढलेका छन्। उनी युक्रेनसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका क्रममा आइतबार राति मैदानमा ढलेका हुन्। डेनिस फुटबल संघका अनुसार उनी खेल्दाखेल्दै अचेत भएर मैदानमा ढलेका थिए। अहिले भने उनको अवस्था सामान्य रहेको जनाइएको छ।
सन् २०२१ को युरोकपमा पनि उनी मैदानमै ढलेका थिए। फिनल्यान्डसँगको खेलमा हृदयघात भएपछि मैदानमा ढलेका उनको त्यतिबेला निकै चर्चा भएको थियो। उनको स्वास्थ्य अवस्थाका बारेमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि निकै चासोका साथ समाचार संप्रेषण गरेका थिए। उनको शरीरमा ‘इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर’ उपकरण जडान गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)