पाँच पालिका भूमि बैंक स्थापना गर्न सरकारको स्वीकृति
kendrabindu.com · Fri Aug 14 00:50:44 GMT 2026

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ पालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका, बाजुराको बडिमालिका नगरपालिका, तनहुँको व्यास नगरपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र कास्कीको रूपा गाउँपालिकाले भूमि बैंक सञ्चालन एवं स्थापनाका लागि स्वीकृति पाएका हुन् ।
संघले भूमि बैंक (स्थापना तथा सञ्चालन) कार्यविधि, २०८३ ल्याइसकेकाले पालिकाले त्यसअनुरूप काम अघि बढाउन सक्ने भूमि मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले बताए । ‘कार्यपालिकाको निर्णय गराई भूमि बैंकको स्वीकृतिका लागि निवेदन दिएकाको हकमा मन्त्रालयले निर्णय गर्दै आएको छ, प्रक्रिया पुर्याएको हकमा हामीले गरिरहेका छौं,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)