आजबाट एमाले विधान महाधिवेशन
rajdhanidaily.com · Thu Sep 04 23:28:21 GMT 2025

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) दोस्रो विधान महाधिवेशन शुक्रबार (आज)बाट सुरु हुँदै छ । ललितपुर गोदावरीमा हुने विधान महाधिवेशन बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दै छन् ।
महाधिवेशनस्थल गोदावरी पार्टीको हसिया हथौंडा र चुनाव चिह्न सूर्यअंकित झन्डाले दुलहीझै सिँगारिएको छ । महाविधेशन उद्घाटनअघि बिहीबार बसेको एमाले सचिवालय बैठकले विधानबाहेकका ६ वटा प्रतिवेदन पारित गर्दै महाविधेवशनमा पेस गर्ने गर्ने निर्णय गरेको छ । बैठकले अध्यक्ष ओलीको ‘राजनीतिक प्रतिवेदन’ र महासचिव शंकर पोखरेलको ‘संगठनात्मक प्रतिवेदन’ पारित गरेर हलमा प्रस्तुत गर्ने निर्णयसमेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)