२६ सामाजिक सञ्जाल देशभर निष्क्रिय
rajdhanidaily.com · Thu Sep 04 23:27:07 GMT 2025

काठमाडौं । सरकारले सूचीकृत नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय गर्ने निर्णय कार्यान्वयन गरेपछि फेसबुक, इन्स्टाग्राम, युट्युब, म्यासेन्जर, ह्वाट्सएपसहित २६ सामाजिक सञ्जाल नेपालमा बन्द हुने भएका छन् । यद्यपि, फेसबुकको मेटा कम्पनी र हाम्रो पात्रो मन्त्रालयको सम्पर्कमा आएकाले बन्द नहुने संकेत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको छ ।
निर्देशनपछि मेटा सरकारको सम्पर्कमा आएको र इमेलबाट फाराम पठाइएको छ । यससँगै फेसबुक, इन्स्टाग्राम, म्यासेन्जर, ह्वाट्स एप भने सक्रिय रहनसक्ने संकेत दिइएको छ । ‘हाम्रो पात्रो’ले सूचीकृत हुन निवेदन दिएकाले तत्काल निष्क्रिय नहुने स्पष्ट पारिएको छ
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)