डर कसको ?
annapurnapost.com · Fri Jan 27 01:02:00 GMT 2023
घनाजंगलमा विभिन्न जीवजन्तु यताउति गरिरहेका थिए। तीभन्दा निकै पर अर्थात् जंगलकै सुनसान भएको एउटा ठाउँमा भने स्यालको एउटा बच्चा एक्लै घुमिरहेको थियो। त्यसैले अलिकति डर र अलिकति आत्मविश्वासका साथ यताउति गरिरहेको थियो ऊ।
बुवा र आमाबाट उसले बाघ, चितुवा तथा सिंहको विषयमा सुनेको थियो। तर तिनीहरूलाई आजसम्म देखेको थिएन। तथापि उसलाई तिनीहरूको विषयमा केही चिह्न वा संकेत भने अवश्य ज्ञात थियो। स्यालको बच्चालाई थाहा थियो कि बाघको शरीरमा धारहरू हुन्छन् तथा चितुवाको शरीरमा धब्बाहरू हुन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)