मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राज्य व्यवस्थामा ‘नैतिकता’ गुमाएका रामहरिलाई सुनुवाइको जिम्मा

rajdhanidaily.com · Thu Sep 04 23:34:21 GMT 2025

काठमाडौं । निजामती सेवा विधेयकमा भएको ‘कुलिङ अफ पिरियड’ प्रावधान फेरबदलमा सभापतिका हैसियतमा जिम्मेवारी लिनुपर्ने भएपछि राजीनामा दिएको तीन साता नपुग्दै सांसद रामहरि खतिवडाले संसद्ीय सुनुवाई विशेष समितिको नेतृत्व पाएका छन् ।

‘कुलिङ अफ पिरियड’मा भएको फेरबदलमा तत्कालीन राज्यव्यवस्था तथा सुशासन समिति सभापतिको हैसियतमा नैतिक जिम्मेवारी लिनुपर्ने छानबिन समितिको निष्कर्षलगत्तै खतिवडाले गत २७ साउनमा सभापतिबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि तत्कालीन संसदीय सुनुवाई समिति सभापति ईश्वरीदेवी न्यौपानेलाई राजीनामा गर्न लगाएर राज्य व्यवस्था समिति सभापतिको जिम्मा लगाइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)