इनड्राइभ नेपालद्वारा ड्राइभर पार्टनरलाई सशक्त बनाउन ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ सार्वजनिक
nagariknews.nagariknetwork.com · Tue Jun 30 14:11:25 GMT 2026

विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ ले नेपालमा सुरक्षित यात्रालाई थप सुदृढ बनाउने उद्देश्यसहित ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ सार्वजनिक गरेको छ। मोबाइलमै सहज रूपमा अध्ययन गर्न मिल्ने गरी तयार गरिएको यो संरचित तालिम कार्यक्रमले ड्राइभर पार्टनरहरूलाई सडकमा तथा प्रत्येक यात्रामा सुरक्षित रूपमा अघि बढ्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्ने लक्ष्य लिएको छ।
यो सेफ ड्राइभिङ अनलाइन कोर्स हाल सञ्चालनमा आइसकेको छ भने धेरै चालकहरूले कोर्स पूरा गरिसकेका छन्। अब यो कोर्स नेपालभरिका १ लाखभन्दा बढी इनड्राइभ चालकहरूसम्म पुर्याउने लक्ष्य राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)