पोखरामा प्रतिकूल मौसममा पनि सहजै उडान-अवतरणका लागि नयाँ प्रणाली अपनाइँदै
annapurnapost.com · Thu Oct 15 14:21:26 GMT 2026

पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकुल मौसम तथा कम दृश्यताका कारण हवाइ उडानमा हुने समस्या समाधान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ प्रकृया कार्यान्वयनमा ल्याउने भएको छ। उडान सुरक्षा र प्रभावकारिता अभिवृद्धि गर्न प्राधिकरणले आरएनपी–एआर अर्थात् रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स–अथराइजेसन रिक्वायर्ड प्रणाली कार्यान्वयन गर्ने प्रकृया अघि बढाएको हो।
प्राधिकरणका प्रवक्ता बिक्रम राज गौतमका अनुसार नयाँ प्रणालीले लो भिजिबिलिटीका कारण हवाइ सेवामा देखिने अवरोध कम गर्न सहयोग पुर्याउने छ। उनी भन्छन्, ‘आरएनपी–एआर अप्रोच प्रकृयाको कार्यान्वयनबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ उडान सञ्चालनको सुरक्षा, नियमितता र पूर्वानुमानयोग्य उडान हुने विश्वास लिएका छौं। यसले यात्रुहरूलाई थप भरपर्दो हवाइ सेवा उपलब्ध गराउन योगदान पुग्नेछ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)