फिलिपिन्सको सर्वाधिक लामो रेलमार्ग निर्माण परियोजनामा नेपाली इञ्जिनियरको योगदान
baahrakhari.com · Mon Jun 27 04:02:00 GMT 2022
काठमाडौं । फिलिपिन्सको मनिलाबाट दक्षिणमा कालम्बादेखि उत्तरमा पाम्पाङ्गास्थित क्लार्क अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्ने झन्डै १५० किमि लामो ‘उत्तर–दक्षिण रेलमार्ग निर्माण’परियोजनामा नेपाली इञ्जिनियर सन्ध्या रेग्मी अनुबन्ध प्रबन्धक (कन्ट्रयाक्ट म्यानेजर) भई विगत साढे दुई वर्षदेखि अन्तर्राष्ट्रिय विज्ञका रुपमा परियोजना व्यवस्थापनमा योगदान गरिरहेकी छन् ।
विश्वका लगभग २० मुलुकहरुका झन्डै २ हजार विज्ञ, इञ्जिनियर तथा प्राविधिकहरु कार्यरत 'ग्रेटर क्यापिटल रेल्वे' (जी.सी.आर.) कन्सोर्टियम नामक अन्तर्राष्ट्रिय परामर्शदातृ संस्थामा कार्यरत सन्ध्या रेग्मी एक मात्र नेपाली इञ्जिनियर हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)