मदन भण्डारी अस्पतालमा बिरामीको चाप बढ्यो
gorkhapatraonline.com · Tue Jun 09 04:38:44 GMT 2026

मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा बिरामीको चाप बढेको छ। सरकारले निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम रोकिएपछि अस्पतालमा बिरामीको संख्या करिब २५ प्रतिशतले बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविकुमार साहले बताउनुभयो।
यसअघि निजी अस्पतालमा बीमा कार्यक्रम सञ्चालन हुँदा दैनिक सरदर ६ सय बिरामी ओपीडीमा आउने गरेका थिए। हाल दैनिक साढे सात सयभन्दा बढी बिरामी ओपीडीमा आइरहेका छन्। लगातार चार दिनको बिदापछि ओपीडी खुल्दा आठ सयभन्दा बढी बिरामी उपचारका लागि आएको डा। साहले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)